काठमाडौं– अभिनेत्री प्रियंका कार्कीलाई फिल्मको प्रमोसनमा प्रशस्त समय नदिएको आरोप लाग्ने गरेको छ । यही आरोपको खण्डन गर्दै वर्षमा एउटा–दुईटा फिल्ममा मात्रै अभिनय गरेर जिविकोपार्जन गर्न कठिन भएको बताएकी छिन् । आइतवार फिल्म बटरफ्लाइको पत्रकार सम्मेलनमा उनले यस्तो बताएकी हुन् । उनले भनिन्, ‘यदि बलिउड सरह एउटै फिल्ममा १०, ११ करोड पाए वर्षभरि सोही फिल्मका लागि समय दिन्थें।’
नेपालको फिल्म बजार एकदमै सानो रहेको र यस बाट प्राप्त आम्दानी एकदमै थोरै हुने भएकाले आफू फिल्म क्षेत्रमै बाच्नका लागि धेरै फिल्म तथा म्युजीक भिडियोमा ब्यस्त रहने गरेको बताइन् । सोही कारण प्रमोसनका लागि निर्माता निर्देशकले अपेक्षा गरेको समय दिन नसकेको प्रष्ट पारिन् । उनले प्रमोसनका लागि फिल्महरुले पूर्व समयतालिका र छुट्टै बजेट छुट्टाएका खण्डमा आफू सहभागी हुने बताइन्।
रिलिजका लागि मात्र पाँच दिन बाँकी रहदा फिल्म ‘बटर फ्लार्इ'ले आईतबार पत्रकार सम्मेलन गरेको छ। अभिनेत्री कार्की लागायत फिल्मका मुख्य कलाकारहरुले नै फिल्म प्रमोशनका लागि समय नदिएपछि कार्यक्रम गर्न नसकेको गुनासो निर्माण पक्षको छ।
कार्यक्रममा फिल्मका लेखक तथा निर्देशक ओम प्रतिक गुरुङले आफ्नो यसअघि आफूले निर्माण गरेका फिल्म भन्दा फरक रहेको बताउँछन्।
पाल्पाको रानी महलमा अधिकांस छायांकन गरिएको फिल्ममा पुष्पाञ्जली अधिकारी, रामशरन राना, भूपेन्द्र सुवेदीले लगानी रहेको छ भने रमेश प्रजापति फिल्मका कार्यकारी निर्माता रहेका छन् । फिल्ममा प्रियंका कार्की, आर्यन अधिकारी, अर्पण थापा, रबिन्द्र थापा लगायतका कलाकारहरुको अभिनय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।