काठमाडौं– प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
सर्लाहीका दुई घटनाबारे गृहमन्त्री रामबहादुर थापा बादलले दिएको जवाफ चित्त नबुझेपछि नेपाली कांग्रेसले संसदीय समिति गठन गर्न माग गर्दै बैठक अवरोध गरेपछि बैठक स्थगित भएको हो। कांग्रेसको अवरोधलाई राजपाले पनि साथ दिएको थियो।
उनीहरुले छानबिन समिति गठन गर्नुपर्ने नारा लगाएका थिए।
प्रहरीको 'इन्काउन्टर'मा सर्लाहीका कुमार पौडेल मारिएको घटना र राजमार्गमा प्रहरीले गोली चलाएका कारण ज्यान गुमाएका सरोजनारायण सिंहको विषय संसदमा केही दिनदेखि उठिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।