काठमाडौं– महानगरीय प्रहरी प्रभाग भैंसेपाटीको हिरासतबाट तीन थुनुवा फरार भएका छन्।
फरार हुनेमा शमसेर माझी, रुद्रलाल श्रेष्ठ र रविकुमार तिमल्सिना छन्। उनीहरु गएराति हिरासतको ग्रिल उप्काएर फरार भएका हुन्।
महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी रवीन्द्र धानुकले थुनुवा फरार भएको पुष्टि गर्दै छानबिन गर्न टोली गठन गरिएको बताए। फरार थुनुवाहरु चोरी र लागुऔषध मुद्दामा पक्राउ परेका व्यक्ति भएको प्रहरीले जनाएको छ।
भैंसेपाटी प्रभागको नेतृत्व प्रहरी निरीक्षक किरण मल्लले सम्हालेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।