• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

लन्डन निवासी हिरोइन दिया भन्छिन्– नेपाली मन र मः मः संसारकै प्रिय

64x64
नेपाल लाइभ आइतबार, पुस २३, २०७४  १२:२९
1140x725

पर्दामा मात्रै देख्नेले दिया पुनमाथि बनाएको सीधासाधा इमेज हुन्छ, सोझी गाउँले युवती। किनकि फिल्म ‘वीरविक्रम’मा उनको भूमिका गाउँले युवतीकै थियो भने अब रिलिज हुने ‘मिस्टर झोले’मा पनि यस्तै भूमिका छ।

त्यसैले त फिल्ममा दियालाई हेरेकाले बाहिर कतै भेट्यो भने हत्तपत्त ठम्याउन सक्दैनन्। पर्दाकी दियाभन्दा बिलकुल फरक छिन् पर्दा बाहिर।

उनले निर्वाह गरेका पात्रसँग उनको वास्तविकता रत्तिभर पनि मिल्दैन। तुलना गर्न पनि मिल्दैन। पर्दामा कहाँ नेपालको दुर्गम गाउँकी युवती अनि यथार्थमा बेलायतमा हुर्केबढेकी दिया।

तर, पर्दामा मात्रै देखिरहेकालाई यथार्थमा भेट्दा पनि आँखाले त्यसैसँग मिल्दोजुल्दो अनुहार खोज्दो रहेछ। ठ्याक्कै त्यस्तै भयो केही दिनअघि। काठमाडौं पुतलीसडकस्थित एक कफीसपमा हामीले भेट्ने निधो गरेका थियौं। हामी पुग्नु केही समयअघि नै त्यहाँ पुगिसकेकी दियालाई ठम्याउन मुस्किल पर्‍यो। दियाको स्वरुप उनी नजिकै बसिरहेकी अर्की युवतीको अनुहारमा खोजिरहेका थिए हाम्रा आँखा।

चिनापर्ची गराइदिने जिम्मा पाएका मित्र दिनेश सिटौलाले ‘ब्वाइज कट’ कपाल काटेकी एक टिपटप पहिरनवाली युवतीलाई देखाउँदै भने, ‘उहाँ दिया पुन।’

दिमागमा उनीबारे बनेको तस्बिर शीशाको फ्रेम भित्ताबाट भुइँमा झरे झैं  झर्‍यामझुरुम भयो।

सुरुमै सोधियो– फिल्ममा हेरेर तपाईंलाई भेट्न आउने सबै झुक्किन्छन् कि म मात्रै?

उनले धेरै जना झुक्किने गरेको बताउँदै कतिले त कन्फर्म गर्न ‘तपाईं नै दिया हो नि?’ भनेर सोधेको बताइन्।

Ncell 2
Ncell 2
nimb
nimb

हङकङमा जन्मेकी र लन्डनमा हुर्केकी उनलाई पर्दामा गाउँले युवतीका रुपमा आफूलाई देखाउन मिहिनेत भने केही बढी गर्नुपरेछ। उनले धेरै कुरा त इन्टरनेटकै सहायताले ‘रिसर्च’ गरिछन्। त्यसपछि सुटिङको समयमा उनले अझै बढी आफूलाई सक्रिय बनाइन्।

उनी भन्छिन्, ‘सुटिङ सकिएपछि म सुटिङ भइरहेको गाउँका स्थानीय युवतीलाई पछ्याउँथेँ। उनीहरुको बोलीचाली र हाउभाउ टिप्ने प्रयास गर्थें।’ उनले कति दिन त स्थानीयसँगै खाने–पिउने समेत गरिन्।

उनका लागि फिल्म सानैदेखि मनोरञ्जनको प्रिय माध्यम बन्यो। हलिउड, बलिउड, चाइनिज, कोरियन सबै खालका फिल्म हेरिन्। ती मनोरञ्जनका लागि थिए। नेपाली फिल्म पनि हेरिन्। नेपाली फिल्म मनोरञ्जनका लागि कम र ज्ञानका लागि बढी हेर्थिन्।

उनले भनिन्, ‘त्यहाँबाट नेपाली रहनसहन, परम्परा र अवस्था पनि थाहा हुन्थ्यो।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

युनिभर्सिटीको पढाइ सकिँदासम्म पनि कुनै दिन नेपाली फिल्मकी हिरोइन भइन्छ भन्ने उनले कल्पना गरेकी थिइनन्। उनीसँग आफूले पढेको विषय, आफू बसिरहेको ठाउँसँग जोडिएका अरु नै योजना थिए। ग्ल्यामर क्षेत्रले तान्न भने थालेको थियो, खासगरी मोडलिङले। 

र्‍याम्पमा हिँड्न र विज्ञापनका लागि पोज दिन उनलाई रमाइलो लाग्न थालेको थियो। लन्डनमा यसरी अघि बढिरहेकी उनीमाथि लामो समय लन्डनमै बसेका फिल्म निर्देशक मिलन चाम्सको आँखा पर्‍यो। उनी ‘वीरविक्रम’मा हिरोइन भइन्। त्यसपछि ‘मिस्टर झोले’ले उपयुक्त पात्र खोज्दै जाँदा दियालाई नै भेट्यो। फिल्म २८ पुसमा रिलिज हुँदै छ।


फिल्म 'मिस्टर झोले'को एक दृश्यमा दिया


नेपाली फिल्मकी हिरोइन भएपछि उनलाई लागेको छ, ‘योजना अनुसार कम, समय अनुसार बढी चल्नुपर्दो रहेछ।’ त्यसैले उनले ‘करिअर प्लान’ लगभग स्थगित गरेकी छिन्।
वर्षमा एउटा जति नेपाली फिल्म गर्ने, लन्डनमा मोडलिङ यात्रा जारी राख्ने र पारिवारिक व्यवसायमा सघाउने योजना होइन, सोच बनाएकी छिन्।

अचेल कहिलेकाहीँ आफ्नै जीवनशैलीलाई ‘रिभ्यू’ गर्छिन्। उनलाई ‘मिस्टर झोले’को प्लट आफ्नै जीवनसँग पनि मेल खान्छ कि जस्तै लाग्छ। ‘मिस्टर झोले अर्थात् गर्न अनेकथोक खोज्ने तर कहीँ पुग्न नसकेर भड्किरहेको एउटा मान्छे।

‘सपना देख्न सक्ने तर पूरा गर्न नसकिरहेको एउटा जीवनको कथा उनको फिल्म ‘मिस्टर झोले’मा छ’, उनले भनिन्, ‘अहिलेको मेरो आधा करिअर नेपाल र आधा बेलायतमा छ। आधा समय यता र आधा उता बित्छ। कहिलेकाहीँ म आफूलाई ‘मिसेस झोले’ जस्तो लाग्छ।’

लन्डन निवासी यी अभिनेत्रीलाई नेपालीहरुको आत्मीयता र सहयोगी व्यवहारले मोहनी लगाउँछ। तर, यहाँको फोहोरमैला, जाम र अव्यवस्थाले चाहिँ दिक्क बनाउँछ। 

नेपालमा पाइने नेपाली खाना अहिले लन्डनमा पनि प्रशस्तै पाइन्छ। त्यसैले पहिले–पहिले नेपाल आउँदा उनले खानैपर्ने तितौरा आजकाल मेन्यूबाट हटाएकी छिन्। तर, मःमः खान भने उनलाई नेपाल नै आउनुपर्छ जस्तो लाग्छ।

‘बनाउन त उता पनि बनाइन्छ। तर, यहाँ जस्तो स्वाद हुँदैन’, भनिन्, ‘हो त्यस्तै, नेपालीहरु त विश्वका जुन कुनामा पनि भेटिएलान्। नेपालमै भेटिने अर्गानिक आत्मीयता भने नभेटिन सक्छ।’

त्यसैले उनलाई नेपाली मन र नेपाली मःमः असाध्यै प्रिय लाग्छन्।

प्रकाशित मिति: आइतबार, पुस २३, २०७४  १२:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय खेलकुदका लागि हुम्लामा प्रदेशस्तरीय महिला भलिबल खेलाडी छनोट सुरु
कांग्रेस गण्डकीको खुलातर्फ किरणबाबु श्रेष्ठ अगाडि, युवा खुलामा सुवास पौडेलको फराकिलो अग्रता
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित
सम्बन्धित सामग्री
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या बिहीबार, असोज २९, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
राष्ट्रिय खेलकुदका लागि हुम्लामा प्रदेशस्तरीय महिला भलिबल खेलाडी छनोट सुरु बिहीबार, असोज २९, २०८३
कांग्रेस गण्डकीको खुलातर्फ किरणबाबु श्रेष्ठ अगाडि, युवा खुलामा सुवास पौडेलको फराकिलो अग्रता बिहीबार, असोज २९, २०८३
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित बिहीबार, असोज २९, २०८३
नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद बिहीबार, असोज २९, २०८३
जाजरकोटमा बोलेरो जिप दुर्घटना, दुई जनाको मृत्यु, तीन घाइते बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्