काठमाडौं- मलेसियामा जारी एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा अहिले नेपाल र हङकङबीच खेल भइरहेको छ।
मलेसियाको किनरारा ओभल मैदानमा भएको खेलमा नेपालले टस जितेर पहिले बलिङ रोजेपछि हङकङ ब्याटिङका लागि मैदानमा उत्रिएको छ। हङकङले शून्य रनको अवस्थामै २ विकेट गुमाउँदै फितलो सुरुवात गरेको छ। हङकङका नसरुल्ला राना र राहुल शर्मा शून्य रनमा पेवेलियन फर्किएका छन्।
नेपालका लागि दुवै विकेट सागर ढकालले लिएका हुन्। नसरुल्ला स्लिपमा क्याच आउट हुँदा शर्मालाई भने हरि चौहानले स्टम्पिङ गरेका थिए।
नेपालले सोमबार भएको खेलमा मलेसियालाई ७ विकेटले हराउँदै फाइनलको यात्रा तय गरेको थियो। यसैगरी सोमबार भएको दोस्रो सेमिफाइनलमा सिंगापुरलाई डिएल मेथडका आधारमा ५१ रनले पराजित गर्दै हङकङले नेपालसँगको भेट पक्का गरेको थियो।
उपाधि जित्ने टोली यू-१९ एसिया कपका लागि छनोट हुनेछ।
हेर्नुहोस् खेलको प्रत्यक्ष प्रशारणः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।