काठमाडौं- मलेसियामा जारी एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा हङकङले खराब सुरुवात गरेको छ। हङकङले शून्य रनको अवस्थामै २ विकेट गुमाउँदै फितलो सुरुवात गरेको हो।
मलेसियाको किनरारा ओभल मैदानमा भएको खेलमा नेपालले टस जितेर पहिले बलिङ रोजेपछि हङकङ ब्याटिङका लागि मैदान उत्रिएको हो। हङकङका नसरुल्ला राना र राहुल शर्मा शून्य रनमा पेवेलियन फर्किएका छन्।
नेपालका लागि दुवै विकेट सागर ढकालले लिएका हुन्। नसरुल्ला स्लिपमा क्याच आउट हुँदा शर्मालाई भने हरि चौहानले स्टम्पिङ गरेका थिए। ताजा अवस्थामा हङकङले ८ ओभरमा २ विकेटको क्षतिमा १३ रन बनाएर खेलिरहेको छ।
नेपालले सोमबार भएको खेलमा मलेसियालाई ७ विकेटले हराउँदै फाइनलको यात्रा तय गरेको थियो। यसैगरी सोमबार भएको दोस्रो सेमिफाइनलमा सिंगापुरलाई डिएल मेथडका आधारमा ५१ रनले पराजित गर्दै हङकङले नेपालसँगको भेट पक्का गरेको थियो।
उपाधि जित्ने टोली यू-१९ एसिया कपका लागि छनोट हुनेछ।
लाइभ भिडियो:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।