काठमाडाै- प्रधानमन्त्री केपी शर्मा आलीको बोलावटमा आकस्मिक मन्त्रिपरिषद्काे बैठक बस्दैछ।
मन्त्रिपरिषद्काे बैठक साेमबार वा बिहीबार बस्ने प्रचलन रहे पनि प्रधानमन्त्रीले आकस्मिक रुपमा मंगलबार बिहान ७ बजेका लागि सिंहदरबारमा बैठक बाेलाएका हुन्।
यसकारण पनि आजको मन्त्रिपरिषद् बैठकलाई चासोका साथ हेरिएको छ। यसअघि सोमबार साँझ पनि बैठक बसेको थियो। छोटो समय मात्रै बसेको बैठकमा कुनै पनि निर्णय भएको थिएन। आजको बैठकले सोमबार प्रवेश गराइएका विषयमा छलफल गर्ने र निर्णय लिने एक मन्त्रीले जानकारी दिए।
केही समयदेखि सरकारका कदमहरु लगातार विवादित बन्दै गएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएको बुझिएको छ। मन्त्रीहरुको कार्यप्रगतिमा प्रधानमन्त्री अनसन्तुष्ट रहँदै आएको र मन्त्रिपरिषद्का सदस्य हेरफेर तथा केहीको बिदाइ हुने सम्भावना समेत रहेको बताइएको थियो।
मन्त्रीहरुको हेरफेर हुने विषयमा अड्कलबाजी चलिरहँदा केही मन्त्रीले सार्वजनिक रुपमै आफूलाई पद त्याग्न कुनै समस्या नरहेको पनि बताउँदै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।