• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

अदालतको फैसला कार्यान्वयन : आत्मसर्पणदेखि ३० वर्षपछि पक्राउसम्म

फरार अभियुक्त पक्राउ गर्न २४ जिल्लामा विशेष अभियान
64x64
नेपाल लाइभ मंगलबार, असार २४, २०७६  ०७:२८
1140x725

काठमाडौं–

घटना १

७ जनाको हत्या र एक डकैती मुद्दाका दोषी कपिलवस्तुको पिपराका नसिम खान लामो समयदेखि फरार थिए। पछिल्लो समय २०७४ फागुनमा मोहम्मद रहमानको अपहरणपछि हत्यामा संलग्न भएपछि उनी फरार हुँदै आएका थिए।

अन्ततः प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले शनिबार काठमाडौंबाट खानलाई पक्राउ गर्‍यो।

घटना २

काभ्रेपलाञ्चोक पोखरीचौरीस्थित रैकर जंगलमा २०७० मंसिर १६ गते १३ वर्षीया बालिकाको बलात्कार मुद्दामा सिन्धुपाल्चोक बतासेका निरबहादुर भन्ने रमेश थापालाई काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट ८ वर्ष कैद सजाय र पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराई दिनुपर्ने फैसला भयो।

२०७४ बैसाख २५ गते भएको उक्त फैसलालाई उच्च अदालत पाटनले समेत सदर गर्‍यो। तर, तत्काल फरार भएका प्रतिवादी थापा कीर्तिपुर काठमाडौंबाट गत जेठ ३० गते प्रहरीले पक्राउ परे। 

घटना ३

Ncell 2
Ncell 2
nimb
nimb

तनहुँ भानु नगरपालिका–८ तुरतुरे बस्ने गोरखाका २१ वर्षीय बेद प्रसाद पोख्रेलको कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत लमजुङले २०४८ फागुन १३ गते अभियुक्तहरुलाई २० वर्ष कैद सजायको फैसला गर‍्‍यो। तर, अभियुक्तहरु फरार भए।

फरारमध्ये लमजुङ दुधपोखरी गाउँपालिका–४ बस्ने भ्यान्टे कामीलाई घटनाको ३० वर्षपछि यही असार १३ गते आफ्नै गाउँमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गर्‍यो। २०४६ भदौ ३ गते भ्यान्टेसमेत ५ जनाको समूहले बेद प्रसादको साथमा रहेको ४ हजार रुपैयाँ लुट्नुको साथै ढुंगा प्रहार गरी हत्या गरेका थिए।

केही दिनअघि मात्रै सुडान घोटाला काण्डमा दोषी ठहर भएर फरार हुँदै आएका पूर्व आइजिपी रमेशचन्द ठकुरीले समेत आत्मसमर्पण गरे। उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ।

यसरी अदालतबाट भएका फैसला कार्यान्वयनको सिलसिलामा पक्राउ पर्नेहरुको संख्या हाल बढ्दो छ। न्यायिक दण्डबाट उन्मुक्ति पाउनका लागि भाग्ने प्रवृत्तिलाई नियन्त्रण गर्न नेपाल प्रहरीले देशभर जिल्लास्थित प्रहरी कार्यालयहरुलाई परिचालन गरी फैसला कार्यान्वयनसम्बन्धी कार्य तीव्र बनाएको छ। फैसला कार्यान्वयन नभए कागजी न्याय मात्र हुने र अदालतप्रति जनआस्था नरहने विश्वव्यापी मान्यतालाई आत्मसात् गरी नेपाल प्रहरीले फैसला कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखेको हो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

फैसला कार्यान्वयन नभए दण्डहीनता बढ्दै जाने देखिन्छ। अदालतबाट न्याय सम्पादन गर्दा अपराध पुष्टि भई अपराधी ठहर भएमा त्यस्ता अभियुक्तलाई अदालतबाट भएको फैसला बमोजिम प्रहरीले पक्राउ गरी सजाय एवं जरिवाना गराउने कार्य नै फैसला कार्यान्वयन हो।

फैसला कार्यान्वयनमा नेपाल प्रहरीको सक्रियताबारे नेपाल प्रहरीका निमित्त केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक रमेश थापा भन्छन्, 'फैसला कार्यान्वयन भनेको कानुन कार्यान्वयनको अर्को महत्वपूर्ण पक्ष हो। फैसला कार्यान्वयन गर्नाले दण्डहीनताको अन्त्य हुन्छ। फौजदारी न्यायको प्रणालीलाई प्रभावकारी गराउन अदालतको आदेश निर्देशनलाई अक्षरस पालना हुनुपर्दछ। यो न्याय, समन्वय र दण्डसँग सम्बन्धित विषय भएकोले फैसला कार्यान्वयनलाई प्रहरीले उच्च प्राथमिकता दिएको छ। अदालतसँग समन्वय गरेर प्रहरी परिचालन गर्ने नेपाल प्रहरीको नीति रहेको छ।'

फैसला कार्यान्वयनका लागि नेपाल प्रहरीले काठमाडौं, भक्तपुर, ललितपुर, झापा, मोरङ, सुनसरी, सिराहा, सप्तरी, धनुषा, सर्लाही, बारा, पर्सा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँके, महोत्तरी, रौतहट, मकवानपुर, चितवन, नुवाकोट, कास्की, दाङ र कञ्चनपुर गरी २४ जिल्लाहरुमा विशेष अभियान सञ्चालन गरेको छ। यसैगरी सबै जिल्ला प्रहरी कार्यालयहरुमा फैसला कार्यान्वयन अधिकृत तोकी सर्वोच्च अदालतसँग समन्वय गरी देशभर फैसला कार्यान्वयनका लागि प्रहरी परिचालन समेत हुँदै आएका छन्।

जसअन्तर्गत आव २०७४/०७५ मा २ हजार १ सय ३९ जना पक्राउ परेका थिए। आव २०७५/०७६ को हालसम्म २ हजार ३ सय ६२ जना पक्राउ परेका छन्। आव २०७४/०७५ मा विशेष अभियान सञ्चालन गरिएको २४ वटा जिल्लाबाट १ हजार ४ सय ९५ जना, अन्य जिल्लाबाट ५ सय ९० जना र केन्द्रीय अनुसन्धान ब्युरोबाट ५४ जना पक्राउ परेका हुन्।

चालू आव २०७५/०७६ को हालसम्ममा विशेष अभियान सञ्चालन गरेको २४ वटा जिल्लाबाट १ हजार ६ सय ५९ जना, अन्य जिल्लाबाट ६ सय ५० जना र केन्द्रीय अनुसन्धान ब्युरोले ५३ जनालाई नियन्त्रणमा लिएको छ।

आव २०७४/०७५ मा पक्राउ परेकाहरुलाई जम्मा २ हजार २ सय १ वर्ष ५ महिना १० दिन कैद र ३४ करोड ३ लाख २६ हजार ९ सय २८ रुपैयाँ जरिवाना तोकिएको थियो। चालू आवको हालसम्म पक्राउ परेकाहरुलाई २ हजार ३ सय २ वर्ष २ महिना २२ दिन कैद र ३९ करोड ३७ लाख ३४ हजार २८ रुपैयाँ जरिवाना तोकिएको नेपाल प्रहरीले बताएको छ।

अपराध अनुसन्धानमा सुदृढिकरणका लागि त्रिवर्षीय अपराध नियन्त्रण तथा अनुसन्धान कार्ययोजना गृह मन्त्रालयबाट २०७१ कात्तिक १७ गते स्वीकृत भएपश्रात् अपराध अनुसन्धान निर्देशिका, २०७१ लागू गरी प्रहरी प्रधान कार्यालयमा अपराध अनुसन्धान विभागअन्तर्गत अपराध अनुसन्धान अभियोजन, कानुनी परामर्श तथा समन्वय महाशाखाको स्थापना भएको छ।

यस महाशाखाले फैसला कार्यान्वयन, मिसिल व्यवस्थापन, अदालत समन्वय, साक्षी तथा पीडित सहायता, अभियोजन र कानुनी परामर्श समेत प्रदान गर्दै आएको छ।

नेपालको संविधान, प्रहरी ऐन, २०१२, प्रहरी नियमावली,२०७१, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ लगायतले फैसला कार्यान्वयनसम्बन्धी काम कारबाहीका सम्बन्धमा व्यवस्था गरेका छन्। यी कानुनहरुको अधिनमा रही नेपाल प्रहरीले फैसला कार्यान्वयनको सम्बन्धमा कार्य सम्पादन गर्दै आएको छ।

(प्रहरी प्रधान कार्यालयबाट प्राप्त बुलेटिनको सम्पादित समाचार)

प्रकाशित मिति: मंगलबार, असार २४, २०७६  ०७:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्