मुम्बइ– अस्ट्रेलियाका ब्याट्सम्यान माइकल हसीलाई इन्डियन प्रिमियर लिग (आइपिएल) टिम चेन्नइ सुपरकिंग्सको ब्याटिङ प्रशिक्षकमा नियुक्त गरिएको छ। आगामी अप्रिल ४ देखि सुरु हुने आइपिएलका लागि चेन्नइले आफ्ना पुराना ब्याट्सम्यान हसीलाई प्रशिक्षकमा नियुक्त गरेको हो।
४२ वर्षीया हसी २००८ देखि २०१३ मा चेन्नइमा आवद्ध थिए। २०१४ मा मुम्बइ इन्डियन्सबाट खेलेका उनी फेरी २०१५ मा चेन्नइमा फर्किएका थिए। चेन्नइका लागि ६४ खेल खेलेका उनले २२ सय १३ रन जोडे। उनी चेन्नइका बढी रन प्रहार गर्ने खेलाडीको तेस्रो स्थानम छ। चेन्नइका लागि सुरेश रैनाले ४५ सय ४१ तथा कप्तान महेन्द्रसिंह धोनीले ३४ सय ३६ रन बनाएका छन्।
'चेन्नइले मलाई प्रशिक्षक नियुक्त गरेकोमा खुसी छ। काम गर्नका लागि उत्साहित छु,' हसीले भने।
यसअघि आइपिएलको नयाँ सिजनका लागि भएको खेलाडी अनुबन्धनमा महेन्द्रसिंह धोनी पुरानो टिम चेन्नइ सुपरकिंग्समा फर्किएका थिएका थिए। गत सिजन उनले राइजिङ पुने सुपरजाइन्ट्सबाट खेलेका थिए।
चेन्नइले महेन्द्रसिंह धोनी–१५ करोड भारु, सुरेश रैना ११ करोड भारु र रविन्द्र जडेजा ७ करोड भारु मा आवद्ध गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।