म्यानचेस्टर– एफए कप फुटबल प्रतियोगितामा म्यानचेस्टर सिटीले सानदार जित दर्ता गराएको छ। सिटीले वर्नलीलाई ४–१ गोलले पराजित गर्दै चौथो चरणमा स्थान पक्का गरेको हो।
खेलमा अग्रता भने वर्नलीले २५ मिनेटमा बार्नेसको गोलबाट लियो। पहिलो हाफमा १–० गोलले पछि परेको सिटीका लागि दोस्रो हाफमा सर्जियो अग्युरोले २ गोल गरे। ५६ मिनेटमा बराबरी गोल फर्काएका अग्युरोले दुई मिनेटपछि अर्को गोल गर्दा सिटी २–१ ले अघि बढ्यो। लिरोए सेनले ७१ तथा बेर्नान्डो सिल्भाले ८२ मिनेटमा थप गोल गरेपछि सिटीले ४–१ को जित दर्ता गराउन सफल भयो।
प्रतियोगिताको अर्को खेलमा चेल्सीलाई नर्विच सिटीले गोलरहित बराबरीमा रोकेको छ। बराबरीसँगै दुई टिमबीच चौथो चरण प्रवेशका लागि पुन: खेल हुनेछ।
अन्य खेलमा न्युकासलले लुटन टाउनललाई ३–१ र मिपडल्सब्रोले सन्डरल्यान्डलाई २–० गोलले हराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।