काठमाडौं- यस वर्षको ‘विष्णुभक्त रंगकर्मी पुरस्कार’ कलाकार राजेन्द्रकुमार गर्तौलालाई दिइएको छ।
विष्णुभक्त–तारादेवी गुठीले वरिष्ठ रंगकर्मी विष्णुभक्त फुयाँलको प्रथम स्मृतिसभामा शनिबार आयोजना गरेको कार्यक्रममा सो पुरस्कार अर्पण गरियो। त्यसैगरी ‘तारादेवी युवा नारी प्रतिभा छात्रवृत्ति’ विद्यार्थी कविता तामाङलाई प्रदान गरिएको गुठी संस्थाका संरक्षक विमल फुयाँलले जानकारी दिए।
सोही अवसरमा प्रतिनिधिसभाका सांसद कृष्ण राईले कलाकार फुयाँलले कलाकारिता क्षेत्रमा पुर्या एको योगदानको चर्चा गरेका थिए।
वरिष्ठ रंगकर्मी फुयाँलले विभिन्न नाटक, चलचित्र र टेलिचलचित्रमा अभिनय गरेका थिए। नाटकमा अभिनय गर्दागर्दै फुयाँलको गत वर्षको पुस १९ गते निधन भएको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।