पोखरा– पोखरामा शनिबार सम्पन्न भएको राखेप च्याम्पियनसिप २०७४ अन्तर्गत राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको पुरुषतर्फ घरेलु टिम पश्चिमाञ्चले उपाधि जितेको छ।
१८ औं पुरुष ह्याण्डबल प्रतियोगिताको फाईनल खेलमा घरेलु टिम पश्चिमाञ्चलले नेपाल आर्मीको टिमलाई २९–२५ को गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो।
राष्ट्रिय खेलाडी विशाल बस्नेतको कप्तानीमा मैदानमा उत्रिएको पश्चिमाञ्चलले घरेलु मैदानमा दर्शकहरुको साथ पाउदा ४ गोल अन्तरले जित हासिल गर्न सफल भएको हो। प्रतियोगितामा उत्कृष्ट खेलाडी पश्चिमाञ्चलका हेमन्त थापा घोषित भए।
पुरुषतर्फ तेश्रो स्थानको लागि भएको खेलमा विभागिय टोली एपिएफले मध्यमाञ्चललाई ६३–२९ को फराकिलो गोल अन्तरले पराजित गरी तेश्रो भएको भए। प्रतियोगितामा नेपाल आर्मी अनुसासित टिम घोषित भएको छ। प्रतियोगितामा एपिएफका दिपकसिंह बोहराले सेमिफाइनल र तेश्रो स्थानको लागि भएको खेलमा गरी ४८ गोल गर्दै सर्वाधिक गोलकर्ताको उपाधि पाए।
शनिबार पोखरा रंगशालामा सम्पन्न भएको ९ औं महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता तर्फको फाइनल खेलमा एपिएफले अर्को विभागिय टोली नेपाल आर्मीलाई २४–१५ को गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो। महिलातर्फ तेश्रो स्थानको लागि भएको खेलमा पूर्वाञ्चलले पश्चिमाञ्चललाई १८–१४ को गोल अन्तरले पराजित गरेको छ।
दुई विभागिय सहित ७ टिम सहभागि भएको प्रतियोगितामा मध्यपश्चिमाञ्चल विकास क्षेत्र अनुसासित टीम घोषित भएको छ । विजेतालाई जनही ३० हजार, दोश्रो हुनेलाई २० हजार र तेश्रो हुनेलाई जनही १० हजार साथमा ट्रफि मेडल प्रमाण पत्र वितरण गरिएको हो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी एपिएफकी उमा राई घोषित भइज। उनले फाईनल खेलमा ८ गोलको योगदान दिईन। प्रतियोगिताको सेमिफाईनल र फाईनलमा गरी २८ गोल गरेकी आर्मीकी खेलाडी शान्तिकला राईले सर्वाधिक गोल कर्ताको उपाधि जितिन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।