काठमाडौं- राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवमा रमेश सिलवाल नियुक्त भएका छन्।
युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले सोमबार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरेर सिलवाललाई पद तथा गोपनीयताको सपथ खुवाएका छन्।
त्यसअघि मन्त्री विश्वकर्माले नेपाल भलिबल संघको प्रतिनिधिको रुपमा सिलवाललाई बोर्ड सदस्यमा मनोनित गरेका थिए।
नीजि कलेज गोल्डेनगेट सञ्चालन गर्दै आएका सिलवाल प्रधानमन्त्री केपी शर्मा ओली निकटका हुन्।
सिलवाललाई सरकारले यसअघि नेपाल क्रिकेट संघ क्यानको तदर्थ कमिटिको संयोजकको जिम्मेवारी दिएको थियो।
तर अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले क्यानमा राजनीतिक हस्तक्षर र अपरादर्शी निर्वाचनको कारण देखाउँदै निलम्बन गरेको थियो।
सत्तारुढ दल नेकपा तथा तत्कालिन एमालेको भातृ संगठन युवा संघको उपाध्यक्ष समेत रहेका सिलवालले मदन भण्डारी स्पोर्ट्स फाउण्डेशन स्थापना गरेर खेलकुद गतिविधि सञ्चालन गर्दै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।