काठमाडौं- कहिले 'गुत्थी' त कहिले 'डाक्टर मशहुर गुलाटी' बनेर दर्शकलाई मनोरञ्जन गराउने भारतीय कलाकार सुनील ग्रोवर शुक्रबार नेपाली दर्शकमाझ थिए।
एक कर्पोरेट शोमा सहभागी हुन काठमाडौं आएका सुनीलले सोल्टी होटलमा आयोजित कार्यक्रममा दर्शकलाई खित्का छाडेर हँसाए।
सुनीलले कार्यक्रममा 'गुत्थी' र 'डाक्टर गुलाटी' को चरित्रबाट दर्शकलाई मनोरञ्जन पस्किएका थिए। नेपाल आफूलाई सुन्दर देश लाग्ने प्रतिक्रिया दिएका उनले कार्यक्रम अगाडि धार्मिक तथा सांस्कृतिक स्थल पशुपतिनाथ मन्दिरको दर्शन समेत गरेका थिए।
डाक्टर गुलाटीसँगै नेपाली अभिनेत्री स्वस्तिमा खड्का र गायक हेमन्त रानाले कार्यक्रममा रौनक थपेका थिए।
हेर्नुहोस् भिडियो:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।