मेहर्तालाम- अफगानिस्तानका सुरक्षाकर्मीहरुको कारबाहीमा परी इस्लामिक स्टेट (आइएस)का २० लडाकु मारिएका छन्।
पूर्वी प्रान्त लाघमनको अलिनेगर जिल्लामा लुकेर बसेका लडाकुहरुलाई लक्ष्य गरी शुक्रबार राति गरिएको हवाई आक्रमणका क्रममा उनीहरु मारिएको अफगान सेनाका प्रवक्ताले जनाएका छन्। मारिएकाहरुमध्येमा दुई जना आइएसका कमाण्डर नै रहेका अफगान अधिकारीहरुले बताएका छन्।
अफगान सेनाको पूर्वी क्षेत्रका एक प्रवक्ता सिरिन अक्वा फाक्विरीले सिन्ह्वा समाचार समितिलाई बताए अनुसार, मारिनेमा मावलावी तुराब र मुसा खान नामका दुई जना कमाण्डर रहेका छन्।
उनीहरुले सो क्षेत्रमा आइएस संगठनको नेतृत्व गर्दै आएका बताइएको छ। (रासस/सिन्ह्वा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।