कायरो- अफ्रिकी कप अफ नेसन्समा इजिप्ट पराजित भएसँगै इजिप्ट फुटबल संघ (इएफए) का अध्यक्ष हानी आबो राइडाले राजीनामा दिएका छन्। शनिबार भएको खेलमा दक्षिण अफ्रिकासँग अविश्वसनीय तवरमा इजिप्ट पराजित भएसँगै प्रतियोगिताबाटै बाहिरिएको थियो।
अफ्रिकाको सर्वाधिक प्रतिष्ठित फुटबल प्रतियोगिता अफ्रिकी कप अफ नेसन्सको प्रबल दाबेदार मुलुकमा इजिप्टलाई हेरिएको थियो।
अध्यक्ष हानीले बोर्डका सदस्यहरुलाई पनि राजीनामा गर्न आग्रह गरेका थिए।
दक्षिण अफ्रिकासँग १–० गोल अन्तरले पराजित भएको इजिप्ट सन् २००४ यता पहिलोपटक क्वाटरफाइनलमा प्रवेश गर्न नसकेको हो।
अध्यक्ष आबो राइडोले राजीनामा गर्नुअघि इजिप्ट फुटबल टिमका मेक्सिकाली मुख्य प्रशिक्षक जाभियर अगुइरे र सम्पूर्ण प्रशिक्षण टिमलाई बर्खास्त गरिएको थियो। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।