लन्डन- ८ पटकका च्याम्पियन स्विट्जरल्यान्डका रोजर फेडेरर र दुई पटकका च्याम्पियन स्पेनका राफेल नाडाल लन्डनमा जारी विम्बल्डन टेनिस प्रतियोगिताको चौथो चरणमा प्रवेश गरेका छन्।
३७ वर्षीय फेडेररले फ्रान्सका लुकास पौलीलाई ७–५, ६–२, ७–६(४) को सोझो सेटमा पराजित गरेका थिए। ग्रान्डस्लाममा यो उनको व्यक्तिगत ३५०औं जित हो। ग्रान्डस्लामको इतिहासमा कुनै पनि खेलाडीले जितेको सर्वाधिक खेल संख्या नै यही हो।
चौथो राउन्डमा फेडेररको भेट अब १७औं वरियताका इटालियन खेलाडी माटिओ बेरेटिनीसँग हुनेछ।
दोस्रो वरियताका नाडालले पनि फ्रान्सका जो विल्फ्रेड सोङ्गालाई ६–२, ६–३ र ६–२ को सोझो सेटमा पराजित गरे। विम्बल्डनमा नाडालको चौथो राउन्डमा प्रवेशको यो नवौं अवसर हो। अब नाडालको प्रतिस्पर्धा बिना वरियताका पोर्चुगाली खेलाडी जोआ सोउसासँग हुनेछ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।