काठमाडौं- अभिमन्यु निरवीको लेखन तथा हास्य कलाकार रवि डंगोल (बेमान) को निर्देशनमा बनेको फिल्म 'फिर्के' गत शुक्रबारदेखि भएको छ। रिलिजकै दिन पारेर कुमारी हलमा प्रिमियर सो पनि देखाइयो।
प्रिमियरमा उपस्थित दर्शकले 'फिर्के'लाई उत्कृष्ट रहेको प्रतिक्रिया दिएका थिए। फिल्मले कथावस्तु र हास्य पक्षप्रति दर्शकको विशेष तारिफ पाएको छ। फिल्म हेर्ने अधिकांशले फिर्केका लागि सयमा सय नै रेटिङ दिएका छन्।
सुलेमान शंकर 'इकु', अर्पण थापा, ऋचा शर्मा, कृष्टि पौडेल लगायत कलाकारको अभिनय रहेको फिल्ममा ग्रामीण परिवेशबाट कथा उठान गरी शहरमा केन्द्रित गरिएको छ। गाउँघरको गरिबी र सोझोपनको फाइदा उठाउँदै शहर भासिएका ठगहरुको सामना गर्ने युवा (इकु) को कथा हो, 'फिर्के'।
फिल्मबारे दर्शकले दिएको शुभेच्छा र हौसलाले उत्साहित बनाएको सुलेमानले नेपाल लाइभसँग बताए। यस्तै, निर्देशक रवि डंगोलले आफ्नो पहिलो फिल्ममा दर्शकको राम्रो प्रतिक्रियाले हौसिएको प्रतिक्रिया दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।