काठमाडौं- बेलायतको भीसा नलागेर समस्यामा परेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अन्तत: वैकल्पिक उपाय अपनाएर लन्डन पुगेकी छन्।
फिल्म 'इन्टु मिन्टु लन्डनमा' को छायांकनका लागि बेलायतको भीसा लिने प्रयास गर्दा पटकपटक असफल भएकी साम्राज्ञी भारतको नयाँदिल्लीबाट भीसा प्राप्त गर्न सफल भएकी हुन्।
‘इन्टु मिन्टु लन्डनमा’का कलाकार धीरज मगरले सामाजिक सञ्जालमा फोटो हाल्दै साम्राज्ञी लन्डन पुगेका पुष्टि गरेका छन्।
नेपालमा छायांकन गरिसकेको फिल्मको बाँकी दृश्य बेलायतमा छायांकन गरिने जनाइएको छ।
रेनसा वान्तवा राईले निर्देशन गरेको ‘इन्टु मिन्टु लन्डनमा’का लागि अभिनेत्री र सिनेमाटोग्राफरले भीसा पाउन निकै सकस भएको सूत्र बताउँछ। फिल्मको छायांकन रवि न्यौपानेले गरिरहेका छन्।
फिल्म आगामी वर्ष रिलिज गरिने बुझिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।