काठमाडौँ- आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले चालू आर्थिक वर्षका ३ हजार २६७ व्यापारिक संस्थाको अनुगमन गरेको छ।
सबैभन्दा बढी ३ हजार ४२ वटाको काठमाडौँ उपत्यकामा नै अनुगमन गरिएको तथा ७९६ व्यवसायलाई दर्ता प्रमाणपत्र पेश र नवीकरण गर्न निर्देशन दिइएको विभागका महानिर्देशक कुमारप्रसाद दाहालले जानकारी दिए।
त्यस्तै नियमविपरीत सञ्चालित ७४ व्यवसायलाई बन्द तथा १८ वटाको कारोबार रोक्का गरिएको छ। बन्द गरिएका केही व्यवसाय पुनःसञ्चालनमा छन् भने केही अझै खुल्न सकेका छैनन्।
त्यसैगरी म्याद नाघेको औषधि बिक्रीवितरण गरेको र व्यवसाय प्रमाणीकरण नगरेको जनाउँदै बयोधा अस्पताल प्रालि, इशान बाल तथा महिला अस्पताल, बिएन्डबी अस्पताल प्रालि, ग्रान्डी इन्टरनेशनल अस्पताल प्रालि र नर्भिक इन्टरनेशनल अस्पताल एन्ड कलेज प्रालिलाई कारवाही गर्न महानगरीय प्रहरी परिसर टेकुलाई जिम्मा दिइएको छ।
त्यसैगरी अनुगमनका क्रममा अनियमितता पाइएपछि विभागले पोखराका पाँच सुन पसललाई आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय कास्कीमा पठाइएको छ।
महानिर्देशक दाहालले पछिल्लो समय गरिएको नियमित अनुगमनले बजारमा हुने गरेको अनियमितता कम हुँदै गएकाले आगामी दिनको बजार व्यवस्थापनमा थप सुधार आउने विश्वास व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।