काठमाडौं – पाँच वर्षदेखि अष्ट्रेलियाको सिड्नीमा बस्दै आएका बिराटनगरका श्याम राज दहालले राष्ट्रभक्ति गीतको म्युजिक भिडियो बजारमा ल्याएका छन्।
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले अभिनय गरेको म्युजिक भिडियोको गीत ‘भोकले कोही नमरोस्’ भन्ने बोलमा रहेको छ । दिनेश अधिकारीको शव्द, आनन्द राईको संगीतमा दहालले स्वर भरेका छन्।
कृष्ण आचार्यको भिडियो निर्देशन रहेको म्युजिक भिडियोलाई बुढासुव्वा म्युजिकले युट्युव च्यानलमा सार्वजनिक गरेको छ।
‘राष्ट्र प्रेम र देशको अवस्थितिको शव्दलाई गीत र चित्र मार्फत बाहिर ल्याउने कोशिश गरिएको छ । यो मेरो पहिलो प्लेव्याक गायन हो ।’, श्याम राजले भने, ‘पहिलो स्वर नै दिनेश अधिकारी जस्ता दिग्गज गायक, आनन्द राई जस्तो संगीतकार र मदनकृष्णजस्ता महान् कलाकारसँग गर्न पाएकोमा खुशी छु ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।