• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

विश्वकप क्रिकेटमा सेमिफाइलन खेलको टुंगो, न्युजिल्यान्डका अघि भारत बलियो

64x64
नेपाल लाइभ आइतबार, असार २२, २०७६  ०८:५९
1140x725

काठमाडौं- इंग्ल्यान्डमा जारी १२औं विश्वकप क्रिकेटमा सेमिफाइनलका खेलहरुको टुङ्गो लागेको छ। शनिबार समूह चरणअन्तर्गत भारतले श्रीलंकालाई र दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई पराजित गरेसँगै सेमिफाइनलका खेलहरुको टुंगो लागेको हो।

अंकतालिकाको पहिलो स्थानमा रहेको विराट कोहलीको कप्तानीमा रहेको भारतले न्युजिल्यान्डको सामना गर्ने भएको छ। भारत र न्युजिल्यान्डबीचको पहिलो सेमिफाइनल खेल मंगलबार वर्ल्ड ट्राफोर्डमा हुनेछ।

दोस्रो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन अष्ट्रेलियाले आयोजक राष्ट्र इंग्ल्याडको सामना गर्नेछ। खेल एजवस्टनमा आगामी बिहीबार हुनेछ।

शनिबार भएको समूह चरणको अन्तिम खेलमा अष्ट्रेलियामाथि दक्षिण अफ्रिकाले १० रनको जित निकालेपछि भारत शीर्षस्थानमा रहन सफल भएको हो। भारत समूह चरणको आफ्नो अन्तिम खेलमा श्रीलंकामाथि ७ विकेटको सहज जित निकाल्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको हो। इंग्ल्यान्ड र न्युजिल्यान्ड क्रमशः तेस्रो र चौथो स्थानमा रहे।

श्रीलंकाले पहिले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय जोडेको थियो। उसका लागि एन्जेलो म्याथ्युजले १ य १३ तथा लाहिरु थिर्मानेले ५३ रनको योगदान दिए। भारतका जसप्रित बुम्राहले ३ विकेट लिए।

जवाफी विकेटमा उत्रिएको भारतका लागि दुवै प्रारम्भिक ब्याट्सम्यानले शतक प्रहार गरे। आसन्न विश्वकपमा पाँचौं शतक प्रहार गर्दै रोहित शर्माले १ सय ३ रन जोडे। उनी विश्वकप इतिहासमै एकै संस्करणमा सबैभन्दा बढी शतक प्रहार गर्ने खेलाडीसमेत बनेका छन्। उनी प्रतियोगिताको सबैभन्दा बढी रन बनाउने खेलाडी समेत हुन्। उनले हालसम्म ८ खेलमा ६ सय ४७ रन बनाएका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

केएल राहुलले ११ चौका र १ छक्काको मद्दतमा १ सय ११ रनको योगदान दिए। कप्तान कोहलीले अविजित ३४ रन जोडे।

शनिबार नै भएको दोस्रो खेलमा पहिले ब्याटिङ गर्दै दक्षिण अफ्रिकाले ६ विकेटको क्षतिमा ३ सय २५ रन बनाएको थियो।

कप्तान फाप डु प्लेसिसले १ सय प्रहार गर्दा र रासी भान डेर डुसेन शतक प्रहार गर्नबाट ५ रनले चुके। क्वान्टन डी ककले ५२ रनको पारी खेले।

अष्ट्रेलियाका मिचेल स्टार्क र नाथन लियोनले समान २/२ विकेट हात पारे। जारी विश्वकपमा स्टार्क २६ विकेटसहित सबैभन्दा बढी विकेट लिने बलरको शीर्ष स्थानमा छन्।

अष्ट्रेलियाका डेभिड वार्नरले १ सय २२ र एलेक्स क्यारीले ८५ रन जोडे पनि टोलीको हार टार्न सकेनन्। दक्षिण अफ्रिकाका कागिसो रवाडाले ३ विकेट हात पारे। करियरकै अन्तिम एकदिवशीय खेल खेलिरहेका इमरान ताहिर र जेपी डुमिनीले सम्झनलायक प्रदर्शन गर्न सकेनन्।

भारत र न्युजिल्यान्डमा कसको पल्ला भारी
सेमिफाइलनमा पुग्ने सबै टिमले विश्वकप जितेर रेकर्ड बनाउन चाहेका छन्। भारतसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने न्युजिल्यान्डले यो विश्वकपमा ५ खेलमा जित हात पार्दै ११ अंक जुटाएको छ।

भारत र न्युजिल्यान्डबीच समूह चरणमा खेल तय भए पनि वर्षाका कारण रद्द हुन पुग्यो। सोपश्चात् दुबै टिमले अंक बाँडेका थिए। विश्वकपअघिको अभ्यास खेलमा भने न्युजिल्यान्डले भारतलाई हराएको थियो।

भारतविरुद्धको खेलमा न्युजिल्यान्ड जितको खोजीमा रहेको छ। विराट कोहलीको नेतृत्वमा रहेको भारत पनि न्युजिल्यान्डलाई हराउँदै फाइनलसम्मको यात्रा निश्चित गर्ने सोचमा छ। समूह चरणको खेलका आधारमा हेर्दा भारत हावी हुने देखिन्छ। भारतले आयोजक इंग्ल्याडबाहेक अन्य सबै देशसँग जित हात पारेको छ।

८ म्याचमा ६ सय ४७ रन बनाएका भारतीय प्रारम्भिक ब्याट्सम्यान रोहित शर्मा यो विश्वकपमा सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यानको अग्रसूचीमा छन्। उनले ५ शतक बनाइसकेका छन्। बलिङतर्फ पनि भारतका जसप्रित बुम्राह जारी विश्वकपमा सफल ४ बलरमध्ये पर्दछन्। उनले ८ खेलमा १७ विकेट लिएका छन्।

न्युजिल्यान्डका लोकी फर्गुसन पनि सफल बलर हुन्। उनले पनि बुम्राहसँग समान १७ विकेट नै लिएका छन्। तर, अंकतालिकाको तेस्रो स्थानमा छन्। ब्याटिङतर्फ भने आसन्न विश्वकपमा न्युजिल्याडका प्रमुख हतियार कप्तान केन विलियम्सन र रोस टेलर हुन्। कप्तान विलियम्सनले ८ खेलमा ४ सय ८१ रन बनाएका छन्।

प्रकाशित मिति: आइतबार, असार २२, २०७६  ०८:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे...
मोहम्मद जयन्तीमा मुस्लिम धर्मावलम्बीलाई मात्र सार्वजनिक बिदा
आकाशे पुलको प्रयोग गर्न अनुरोध गर्दा बानेश्वरमा महिला प्रहरीमाथि हातपात
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
मोहम्मद जयन्तीमा मुस्लिम धर्मावलम्बीलाई मात्र सार्वजनिक बिदा मंगलबार, भदौ ९, २०८३
आकाशे पुलको प्रयोग गर्न अनुरोध गर्दा बानेश्वरमा महिला प्रहरीमाथि हातपात मंगलबार, भदौ ९, २०८३
दलभित्र विश्वास गुमाउने अनि अदालत जाने शैलीले कांग्रेसलाई न्याय गर्दैन : प्रवक्ता चालिसेको कटाक्ष मंगलबार, भदौ ९, २०८३
प्रधानमन्त्री बालेनलाई संसद्मा ११ सांसदले सोध्दैछन् प्रश्न, रास्वपाले कोटा नै घटायो मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्