सिरहा- सिरहा जिल्लाको सिरहा नगरपालिका १७ स्थित केटेरुवा कमलाधारबाट असार २० गते एपीएफ टोलीले करीब ५ के.जी. ४ सय ५० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको विहार राज्यको जिल्ला मधुवनी कोलुआई बलुवा घर बताउने २८ वर्षीय शत्रुघन सिंह छन्।
उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मार्डरबाट खटिएको एपीएफ टोलीले उक्त गाँजासहित पक्राउ गरेको हो।
भारतीय नम्बर प्लेटको बी आर ०१ बी एक्स ४२४९ नम्बरको मोटरसाइकलमा नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा शंका लागि जाँच गर्दा उक्त लागूऔषध फेला परेपछि उनलाई पक्राउ गरिएको हो।
पक्राउ परेका निज सिंहलाई बरामद गाँजासहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।