काठमाडौं- काठमाडौं उपत्यकामा भारी वर्षासँग बाग्मती नदीमा पानीको सहत बढेको छ।
शनिबार साँझदेखि सुरु भएको वर्षा यो समाचार तयार पार्दासम्म पनि रोकिएको छैन।
भारी वर्षासँगै उपत्यका अन्य नदीमा समेत पानीको सहत बढेको छ।
हालसम्म बाग्मती नदीमा पानीको सतह २ दशमलव ६१ मिटर रहेको छ।
बाग्मतीमा पानीको सतह २ दशमलव ५ मिटरभन्दा माथि जानु भनेको सचेत रहन आग्रह गरिएको समेत हो।
यो सँगै बाग्मती नदीमा चेतावनीको चिन्ह स्वरुप पहेँलो संकेत गरिएको जलस्रोत मन्त्रालय अन्तर्गत बाढी पूर्वानुमान शाखाले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।