काठमाडौँ- हिमाल आरोही माया शेर्पाले युरोपको सर्वाधिक अग्लो हिमाल एल ब्रुसको सफल आरोहण गरेकी छन्।
आठ हजार मिटरमाथिका अग्ला हिमाल आरोहण गर्ने प्रथम नेपाली महिला आरोही माया शेर्पाले आज बिहान एल ब्रुस हिमालको सफल आरोहण गरेकी हुन्।
रसियाको पश्चिमी ककेसस पर्वत श्रृंखलामा रहेको ५ हजार ६ सय ४२ मिटर अग्लो एल ब्रुस हिमाल रसिया र जर्जियाली सीमा नजिकै पर्दछ।
आरोही शेर्पाले विश्वका अग्ला १४ वटा हिमाल आरोहण गर्ने अभियानका क्रममा नेपालको प्रतिनिधित्व गर्दै रसियामा रहेको एल ब्रुस हिमाल आरोहणमा नेपालको राष्ट्रिय झन्डा एल ब्रुसको चुचुरोमा फहराएकी थिइन्।
आरोही शेर्पालाई असार १२ गते एभरेष्ट ब्रोडकास्टिङ तथा योहो टेलिभिजनका अध्यक्ष आङकाजी शेर्पाले योहो टेलिभिजनको लोगो अंकित झण्डा हस्तान्तरण गरेका थिए।
एल ब्रुस हिमालको चुचुरोमा योहो टेलिभिजनको झन्डा फहराएपछि अध्यक्ष शेर्पाले खुसी व्यक्त गरेका छन्। अध्यक्ष शेर्पाले टेलिभिजनको झण्डा एल ब्रुस हिमालमा फहराउन सफल भएकोमा आरोही माया शेर्पालाई धन्यवाद व्यक्त गरेका छन्।
आरोही माया शेर्पाले सन २००७ यता ३ पटक विश्वको सर्वोच्च शिखर सगरमाथा एक पटक कञ्चनजंघा हमाल र सन् २०१४ मा पाकिस्तानमा रहेको दोस्रो अग्लो शिखर केटुको सफल आरोहण गरिसकेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।