काठमाडौं- आज दिउँसो भक्तपुरलाई केन्द्रबिन्दु बनाई ४ दशमलव ६ रिक्टर स्केलको भूकम्प गएको छ।
राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार दिउँसो ४:१५ मा भूकम्प गएको हो।
भक्तपुरका साथै काठमाडौं आसपासका जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको छ।
यो भूकम्प २०७२ सालको गोरखा भूकम्पकै परकम्प भएको जनाइएको छ।
यससम्बन्धी थप विवरण आउन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।