• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

जोगवनी नाकापारी सातादेखि रोकिए पेट्रोलियम ट्याङ्कर र ग्यास बुलेट

64x64
नेपाल लाइभ शनिबार, असार २१, २०७६  २०:५२
1140x725

फाइल तस्बिर


काठमाडौं- विराटनगर भन्सार नाकाबाट नेपाल भित्रने पेट्रोलियम पदार्थ बोकेका ट्यांकर र ग्यास बुलेट एक साताभन्दा बढी सयमदेखि सीमापारी नै रोकिएका छन्। जोगवनी नाकामा पेट्रोलियम पदार्थ बोलेका सयभन्दा बढी ट्यांकर र २० वटा ग्यास बुलेट रोकिएको भन्दै सहज रुपमा नेपाल भित्रने वातावरण बनाइदिन नेपाल आयल निगमले भारतलाई पत्र पठाएको छ। निगमले शुक्रबार भारतीय भूमिपत्तन प्राधिकरण (ल्यान्ड पोर्ट अथोरिटी अफ ईन्डिया-एलपिएआई)लाई पेट्रोलियम पदार्थको आयातमा सहज गरिदिन पत्र पठाएको हो।

‘जोगवनी बजारको मुख्य सडकको खराब अवस्था र सयौंको संख्यामा रोखिएका ठूला कार्गोका कारण ईन्धन आपूर्ति प्रणालीमा असर परेको छ। हामी यस्तो अवस्थालाई गम्भीरताका साथ लिन आग्रह गर्दछौं। र ती ट्याङ्करहरु यथासक्य चाँडो एकीकृत जाँच चौकी (आईसीपी) विराटनगर पठाई दिन आग्रह गर्दछौं,’ निगमले एलपिएआई जोगवनीलाई पठाएको पत्रमा उल्लेख छ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतले एक हप्ताभन्दा बढी समयदेखि पेट्रोलियम ट्यांकर र ग्याँस बुलेट भारतको जोगवनीमा रोकिएको पुष्टि गरे। ‘पछिल्लो केही दिनदेखि जोगबनीबाट ट्यांकर भित्रिएका छैनन्। हामीले थुप्रै छलफल पनि गरेका छौं। एलपिएआईलाई पनि पत्र पठाएका छौं,’ उनले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

मोरङका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले भने भारतीय ट्यांकर नै जोगवनीको बाटो प्रयोग गरी आउन नचाहेको बताए। उनले ट्यांकरले अनावश्यक बखेडा झिकेर नेपाल आउन नचाहेको बताए। नेपाल लाइभसँग कुरा गर्दै प्रजिअ केसीले भने, ‘त्यही बाटोबाट अरु मालबाहक सवारी आईरहेका छन्। तर ईन्धन बोकेका सवारी साधन मात्रै आउन मानिरहेका छैनन्।' ट्यांकर चालकसँग छलफल भइरहेको समेत उनले जानकारी दिए। 

भारतबाट इन्धन बोकेर सीमापारी बसेका ट्यांकर चालकलाई उद्धृत गर्दै प्रजिअ केसीले भने, 'हामी एकीकृत जाँच चौकी जोगबनीबाटै आउँछौं, अहिले प्रयोग गरिरहेको बाटोबाट नेपाल जान सहज छैन। त्यहाँ प्रहरीले पनि हामीलाई दुःख दिए। दुर्व्यवहार गरे।' यी लगायतका कारण देखाएर नेपाल जान नसकिने ट्यांकर चालकले बताएको उनको भनाइ छ। प्रजिअ केसीले भने, 'हामीले भन्टाबारी नाकाबाट आउन आग्रह गर्दा पनि उनीहरु मान्दैनन्। आईसीपीबाटै आउँछौं भन्छन्। आईसीपी पूर्ण रुपमा सञ्चालनमा आइसकेको छैन। निर्माणकै क्रममा छ। त्यसलाई सञ्चालन गर्नका लागि परराष्ट्र मन्त्रालयसँग पनि छलफल गर्नुपर्छ।’

ट्यांकर चालक र प्रतिनिधिसँग शनिबार बिहान पनि छलफल भएको केसीको भनाइ छ। ‘हामीले वैकल्पिक बाटो प्रयोग गर्न सकिने भन्दै भन्टाबारी भएर आउन भन्यौं। तर उनीहरु मानिरहेका छैनन्। बिहीबार बेलुकादेखि इन्धन बोकेका सवारी नेपाल छिरेका छैनन्। हामीले आग्रह त गर्यौ तर उनीहरु आउँछन्, आउँदैनन् थाहा छैन,’ केसीले भने।

Xtrem
Xtrem

भारतले जोगवनीको बाटोमा अत्याधिक सवारी चाप भएको र सडक पनि जीर्ण भएको कारण देखाउँदै इन्धन बोकेका सवारी साधनलाई त्यो बाटो हिँड्न कडाइ गरेको देखिन्छ। सोही कारण सीमा नाकामा खटिएका भारतीय प्रहरीले ट्यांकर चालकलाई दुःख समेत दिने गरेका छन्।

पेट्रोलियम ढुवानी व्यवसायी महासंघका महासचिव विश्व अर्याल हाल प्रयोग भईरहेको जोगबनी-विराटनगर सडक अत्यन्तै जीर्ण भईसकेको र उक्त बाटोबाट ईन्धन ढुवानी गर्न कठिन भईरहेको बताउँछन्।

‘त्यो बाटोमा निकै खाल्डा खुल्डी छन्। भारतले पनि त्यो बाटमा अत्याधिक चाप भयो भनेर विकल्प खोज्नुपर्ने भनिरहेको छ। त्यहाँ अरु सवारी साधन आउन सक्छन तर इन्धन बोकेका सवारी साधन ल्याउँदा निकै असुरक्षित भए,' उनले भने।

प्रकाशित मिति: शनिबार, असार २१, २०७६  २०:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
परराष्ट्रमन्त्री खनालको फिजी, टुभालु र अस्ट्रेलिया भ्रमणको उपलब्धी के ?
बाढी प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य संकट चुलिँदो, तत्काल मनोसामाजिक सहयोग पुर्याउन सरोकारवालाको जोड
‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
परराष्ट्रमन्त्री खनालको फिजी, टुभालु र अस्ट्रेलिया भ्रमणको उपलब्धी के ? शनिबार, असोज २४, २०८३
बाढी प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य संकट चुलिँदो, तत्काल मनोसामाजिक सहयोग पुर्याउन सरोकारवालाको जोड शनिबार, असोज २४, २०८३
‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ शनिबार, असोज २४, २०८३
नोबेल शान्ति पुरस्कार नपाएकोमा ट्रम्पको असन्तुष्टि, नर्वेलाई नमेटिने दाग लागेको टिप्पणी शनिबार, असोज २४, २०८३
पृथ्वी राजमार्ग खुलाउने काम तीव्र, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्