काठमाडौंमा भूकम्पको धक्का

नेपाल लाइभ | २०७६ असार २१ शनिबार | Saturday, July 06, 2019 १६:१८:०० मा प्रकाशित

काठमाडौं- काठमाडौं उपत्यका आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ। 

दिउँसो ४ बजेर १५ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो। 

भक्तपुरलाई केन्द्रबिन्दु बनाई ४ दशमलव ६ रिक्टर स्केलको भूकम्प ‍गएको राष्ट्रिय भूकम्प मापन केन्द्रालाई उद्धृत गर्दै राष्ट्रिय आपत्कालीन कार्य संचालन केन्द्रले जानकारी दिएको छ। 

यससम्बन्धी थप विवरण आउन बाँकी छ।