उद्धार गर्न गएका स्थानीय
प्युठान- प्युठानको सरुमारानी गाउँपालिका–४ स्थित डाँडापसलस्थित भीरबाट जिप खस्दा सोही जीपका चाकको घट्नास्थलमै मृत्यु भएको छ। रोल्पाको सुलिचौरबाट दाङको घोराहीतर्फ जाँदै गरेको पाण्डेश्वरी यातायातको रा १ च ६५८ नम्बरको सुमो भीरबाट करिब ४ सय मिटर तल खसेको थियो ।
दुर्घटनामा सोही सुमोका चालक प्युठान नगरपालिका–९ सालघारीका चन्द्र बहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरिक्षक निर्मल बुढाथोकीले बताए।
सुमो मर्मतका लागि रोल्पाबाट खाली आएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।