काठमाडौं- सरकारले राष्ट्रियसभाको निर्वाचनको मिति माघ २४ गते तोकेको छ।
निर्वाचन आयोगले प्रस्ताव गरेको मितिकै सेरोफेरोमा रहेर शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले माघ २४ मा राष्ट्रियसभा निर्वाचन गर्ने निर्णय गरेको हो। निर्वाचन आयोगले सरकारलाई माघ अन्तिम साता राष्ट्रियसभा निर्वाचनको मिति राख्न सुझाव दिएको थियो।
राष्ट्रियसभा निर्वाचन नभएकाले प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको सिट संख्या बाँडफाँट रोकिएको छ। परिणाम रोकिँदा नयाँ सरकार गठनमा समेत अवरोध हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।