एजेन्सी- सन् १९६७ मा रिलिज भएको बलिउड फिल्म ‘रात और दिन’को रिमेक गरिने भएको छ।
अभिनेत्री नरगिस अभिनित उक्त फिल्ममा बलिउड सुन्दरी ऐश्वर्या राय बच्चन देखिने भारतीय सञ्चारमाध्यमहरुले लेखेका छन्। उक्त रिमेक फिल्मका लागि ऐश्वर्याले १० करोड भारतीय रुपैयाँ डिमान्ड गरेको पनि सञ्चारमाध्यमहरुले जनाएका छन्।
ऐश्वर्याको डिमान्डलाई सकारात्मक रुपमा लिँदै फिल्मका निर्माताले सहमति जनाइसकेका छन्। फिल्ममा ऐश्वर्या दोहोरो भूमिकामा देखिनेछिन्। लामो समयसम्म बलिउडप्रतिको लगाव र कडा मेहनतकै कारण ऐश्वर्याले यति मोटो रकम लिएको सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
फिल्म ‘फन्ने खान'को सुटिङमा व्यस्त ऐश्वर्या यसपछि भने ‘रात और दिन’मै व्यस्त रहनेछिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।