सिरहा- सिरहाको लक्ष्मीपुर गाउँपालिका–४ स्थित पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु भएको छ।
वडा नं ४ स्थित साझा पोखरीमा डुबेर स्थानीय नथु कुमार यादवका ६ वर्षीया छोरी लक्ष्मीकुमारी र ४ वर्षीया आशुकाकुमारीको मृत्यु भएको प्रहरीले जनाएको छ।
खेल्ने क्रममा शुक्रबार साँझ उनीहरु पोखरीमा डुबेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।