काठमाडौं– नेपाली फिल्म ‘शेरबहादुर’ले आफ्नो प्रदर्शन मिति पक्का गरेको छ। फिल्म आगामी माघ १९ बाट अल नेपाल रिलिज हुँदै छ। कलाकार सुनिल थापा शीर्ष भूमिकामा रहेको फिल्म ‘शेरबहादुर’लाई आर राजवंशीले निर्देशन गरेका छन् भने वरिष्ठ छायाँकार गौरीशंकर धुजु र धिराज राजवंशीले लगानी गरेका छन्।
‘शेरबहादुर’ एक अवकास प्राप्त आर्मीको कथामा बनेको फिल्म हो। निडर, सन्की र बलियो पात्र शेरबहादुर नै फिल्मको मूख्य पात्र हो। अवकाश प्राप्त आर्मीले केही योजना बनाउँछन् र योजनाभित्र नै रुमलिएका पात्रहरुको कथाको चित्रण हो ‘शेरबहादुर’।
फिल्ममा सुनिल थापासँगै कर्म, रविन्द्र झा, मेनुका प्रधान लगायतको अभिनय छ। एक्सन, रोमान्स, ड्रामा समावेश फिल्म सफल हुनेमा आशावादी रहेको निर्माण पक्षले बताएको छ।
फिल्मका अधिकांश दृश्यहरु सेटमा खिचिएको निर्माण पक्षले बताएको छ। उक्त सेट तयार गर्न मात्रै २५ लाखभन्दा बढी खर्च गरेको निर्माण पक्षको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।