वीरगन्ज- वीरगन्ज महानगरपालिका–२१ परवानीमा रहेको सुशील वनस्पति प्रालिमा भीषण आगलागी भएको छ। उद्योगको प्याकेजिङ तथा गोदाममा आगलागी भएको हो।
बिहान २ः३० बजेदेखि सुरु भएको आगलागीलाई बारा पर्साको विभिन्न स्थानबाट आएको बारुणयन्त्रको सहयोगमा अग्निनियन्त्रक, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले नियन्त्रणमा लिएको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए। आगोलाई नियन्त्रणका लागि वीरगन्ज, पोखरिया, सिमरा, अमलेखगन्ज कलैयाबाट बारुणयन्त्र बोलाइएको थियो।
तेलमा लागेको आगोलाई नियन्त्रण गर्न फोमको प्रयोग बारुणयन्त्रकर्मीले गरे पनि फोमको उपलब्धता कम भएकाले नियन्त्रणमा समस्या देखिएको प्रजिअ भट्टराईले जानकारी दिए।
आगलागीबाट हुने क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। राति उद्योगमा कोही नभएको बेला बिजुलीको तार सर्ट भई आगलागी भएको हुन सकिने प्रहरीको अनुमान रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।