डडेल्धुरा- कञ्चनपुरमा स्कुटर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।
बेलौरी नगरपालिका १० भुडामा यु पी २६ एए ६५३८ नम्बरको भारतीय स्कुटर कल्भर्टमा ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा भारतको कम्वोजनगरकी २३ वर्षीया पविन्द्रा चौधरी र पछाडि सवार सोही स्थानकी २३ वर्षकै मनिषा हमाल रहेका छन्।
दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि भारत लैजाने क्रममा मृत्यु भएको बेल्डाँडी प्रहरीले जनाएको छ। तीव्र गतिमा रहेको स्कुटर अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।