काठमाडौं– मेलम्ची खानेपानी आयोजनाका सामान आपूर्तिकर्ता, सहायक ठेकेदार कम्पनी र मजदूरको वास्तविकता छानविन गर्न गठित अध्ययन कार्यदलले बाँकी रहेको दाबी भुक्तानीको तत्काल व्यवस्थापन गर्न मेलम्ची खानेपानी विकास समितिलाई निर्देशन दिएको छ।
कार्यदलले शुक्रबार समितिलाई प्रतिवेदन बुझाउँदै श्रमिकहरू र स्थानीय सप्तायर्सहरूलाई प्राथमिकतामा राखी अन्य दाबी भुक्तानी पाउन बाँकी रहेको रकम सम्बन्धित निकायबाट छोटो प्रक्रियामार्फत भुक्तानी दिन भनेको हो।
भुक्तानी रकमको स्रोतको लागि आयोजनाको मुख्य ठेकेदार कम्पनी सीएमसीको जफत गरिएको रकमलाई नीतिगत निर्णय गराई भुक्तानी योग्य बनाउन वा सरकारले अन्य स्रोतको व्यवस्थापन गर्न कार्यदलले निर्देशन दिएको छ।
साथै स्थानीय स्तरमा उपलब्ध दक्ष एवम् अनुभवी जनशक्तिको प्रयोग गरी आयोजनाको बाँकी काम सम्पन्न गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।