लहान– सिरहामा नुहाउने क्रममा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ।
लक्ष्मीपुरपतारी गाउँपालिका–४ का नथुकुमार यादवकी छोरी ६ वर्षीय लक्ष्मी कुमारी र उनकै बहिनी ४ वर्षीया आशुका कुमारी यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
कपिल देव यादव, राज कुमार यादव र विशनुदेव यादवको संयुक्त पोखरीमा शुक्रबार नुहाउँदै गरेका दुवै जना डुबेका थिए। समयमा उद्धार हुन नसक्दा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।