काठमाडौं- सरकारले यसअघि निर्वाचन आयोगले नै प्रस्ताव गरेको मिति माघ २५ गते राष्ट्रियसभाको निर्वाचन गर्ने भएको छ।
आयोगले केही दिन प्रस्ताव गरेको मितिलाई केहीबेरपछि बस्ने मन्त्रिपरिषद् बैठकले घोषणा गर्न लागेको हो।
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटी आयोगले प्रस्ताव गरेको मितिमा राष्ट्रियसभा निर्वाचन मिति घोषणा गर्न लागेको जानकारी गराएका छन्।
आयोगले सरकारलाई राष्ट्रियसभा निर्वाचनका लागि माघको अन्तिम साता मिति तोक्न उपयुक्त हुने सुझाव दिएको थियो ।
प्रधानमन्त्री देउवाले राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने विषयमा निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका थिए। राष्ट्रियसभा निर्वाचनका लागि भन्दै आयोगले पुस १३ मा १५ दिनभित्र दल दर्ताका लागि सार्वजनिक आह्वान गरिसकेको छ।
दल दर्ता लगायतका अन्य निर्वाचन प्रक्रिया पूरा गर्न माघको तेस्रो साता लाग्ने भएकाले अन्तिम साता मात्र निर्वाचन गर्न सम्भव हुने धारणा आयोगका पदाधिकारीको थियो।
राष्ट्रियसभा निर्वाचन नभएसम्म प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको सिट संख्या बाँडफाँट रोकिएको छ। परिणाम रोकिँदा नयाँ सरकार गठनमा समेत अवरोध हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।