काठमाडौं- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली ५ दिने चीन भ्रमण पूरा गरी आज साँझ स्वदेश फर्किएका छन्।
उनी चिनियाँ सहर डालियानमा आयोजित विश्व आर्थिक मञ्चको १३औँ वार्षिक बैठकमा भाग लिएर आफ्ना समकक्षी वाङ यीसँग द्विपक्षीय परामर्शका निम्ति बेइजिङ पुगेका थिए।
बुधबार बेइजिङमा उच्चस्तरीय वार्ता सकेर स्वदेश फर्किएका मन्त्री ज्ञवालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव शङ्करदास वैरागीलगायत उक्त मन्त्रालयका उच्च अधिकारीले स्वागत गरेका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।