लमजुङ- मर्स्याङ्दी नदीले बगाउँदा एक बालिका बेपत्ता भएकी छिन्। नदीले बगाउँदा सुन्दरबजार नगरपालिका–९, बेलघारीकी ७ वर्षीया रीतु गुरुङ आज बेपत्ता भएकी हुन्।
नदी छेउमा खेलिरहेको अवस्थामा बहिनीको चप्पल बगाएपछि लिन जाने क्रममा गुरुङलाई नदीले बगाएको प्रहरी निरीक्षक वसन्त पाण्डेले जानकारी दिए। प्रहरीले उनको खोजी गरिरहेको छ।
बेपत्ता बालिका दोर्दी गाउँपालिका–१, बेलघारीस्थित रत्न प्राविमा कक्षा ३ मा अध्ययनरत थिइन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।