काठमाडौं- भूटानमा जारी मैत्रीपूर्ण टेनिस प्रतियोगितामा राप्रपा अध्यक्ष कमल थापा सेमिफाइनलमा प्रवेश गरेका छन्।
४५ वर्षभन्दा माथिको उमेर समूहको भेट्रान्स क्वार्टरफाइनलमा थापाले भुटानका लोडे जामत्सोलाई सोझो सेटमा पाखा लगाए। उनले ६-३ र ६-२ को जित निकालेका थिए
मेन्स सिंगल्सको क्वार्टरफाइनलमा नेपालका एवन लिसानेविचले भुटानकै निडुप गेलस्थेनलाई ६-२ र ६-१ कको सोझो सेटमा पराजित भए।
नेपालकी असलेषा लिसानेविच भने लेडिज सिंगल्सको सेमिफाइनलमा भारतकी सिविका बर्मनसँग ६-३ र ६-२ ले पराजित भइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।