काठमाडौं- गीतकार तथा समाजसेवी संगीता उप्रेती रिजालको 'कसैले गरेको भुल हुँ म' बोलको गीत सार्वजनिक भएको छ।
चर्चित गायिका अन्जु पन्तको आवाजमा रहेको गीतको म्युजिक भिडियोसमेत रिलिज गरिएको छ। गीतको संगीत किरण कँडेलले गरेका हुन् भने भिडियोलाई समन अधिकारीले निर्देशन गरेका हुन्।
बाल कलाकार सुनिती रिजालसहित भिडियोमा शंकर, रेश्मा, बबी तथा दीपक राजले अभिनय गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।