काठमाडौं- काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीलाई अस्पताल भर्ना गरिएको छ।
बिहीबार साँझ छातीमा एक्कासि पीडा भएपछि उनलाई नर्भिक अस्पताल लगिएको हो।
उनको उपचारमा मुटुरोग विशेषज्ञ जेपी जैसवाल खटिएका छन्। भर्खरै एनजियाेग्राफी गरिएकाे उनकाे अवस्था खतरामुक्त रहेकाे अस्पतालले जनाएकाे छ।
उनलाई भाेलि डिस्चार्ज गरिने अस्पतालले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।