काठमाडौं– यु–१९ एसिया कप छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपालले सिंगापुरसामु ३ सय २७ रनको लक्ष्य प्रस्तुत गरेको छ।
मलेसियाको किनरारा मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय २६ रन बनाएको हो।

नेपालका लागि रित गौतमले १ सय १५ रनको यागदान गरे। १ सय ३७ बलमा १ सय १५ जोडेका गौतम अविजित रहे। ९० बलमा ९० रन बनाएका खडक बोहरा भने सतक बनाउन चुके।
कुशल मल्लले बिस्फोट ब्याटिङ गर्दै २३ बलमा ५१ रन जोड्दै अविजित रहे। पवन सर्राफले भने ४५ रन जोडेका थिए।

यसअघिको आफ्नो पहिलो खेलमा नेपालले चीनमाथि १० विकेटको सानदार जित निकालेको थियो। चीन २३ दशमलव १ ओभरमा ५३ रनमा अलआउट भएको थियो। नेपालले ५ ओभरमा बिना विकेट लक्ष्य भेट्टाएको थियो।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।