काठमाडौं- शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘राज्जा रानी’ को बुधबार राजधानीमा प्रिमियर गरियो।
विभिन्न चलचित्रकर्मी, सञ्चारकर्मी तथा राजनीतिज्ञ समेत उपस्थित रहेको प्रिमियरमा दर्शकले फिल्म राम्रो रहेको प्रतिक्रिया दिएका छन्। 'राज्जा रानी'ले तराई क्षेत्रमा व्याप्त दाइजो प्रथा र त्यसका दुष्प्रभावलाई चित्रण गरेको छ।
प्रिमियरमा सहभागी पूर्वमन्त्री लालबाबु पण्डित, वरिष्ठ कलाकार वीएस राणा, कलाकार तथा निर्देशक दीपाश्री निरौला लगायतले फिल्म उत्कृष्ट रहेको बताए। अधिकांशले फिल्म ‘विषयगत रूपमा मधेस छिर्न सफल’ भएको प्रतिक्रिया दिए।
प्राप्त प्रतिक्रियाबाट आफूहरु निकै उत्साहित भएको 'राज्जा रानी'का कलाकार नाजिर हुसेन र केकी अधिकारीले बताए।
फिल्म हेरिसकेपछि कसले के भने? हेर्नुहोस् भिडियो:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।