काठमाडौं– ४ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक मेनपावर सञ्चालकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सामाखुसीको टाउन प्लानिङस्थित इगल हन्टर ओभरसिज सर्भिसेज प्रालिका सञ्चालक छविलाल कुमार राई छन्।
राईले सिसेल्स र माल्टामा रोजगारी दिलाइदिने भन्दै ४ करोड बढी ठगी गरेको उजुरी परेपछि पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी फणिन्द्र प्रसाईले जानकारी दिए।
सिसेल्सको जेल गार्डमा लगाउने भन्दै उनले सयौं युवाबाट लाखौं रुपैयाँ असुलेका थिए। पैसा असुलेर विदेश नपठाएपछि पीडितहरुले प्रहरीमा उजुरी दिएका थिए। त्यसपछि राई फरार भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।