काठमाडौं- व्यङ्ग्य लेखनमा कलम चलाउँदै आएका महेश थापाले 'नमोनम:' कृति पाठकमाझ ल्याएका छन्।
बिहीबार शिल्पी थिएटरमा हास्य अभिनेता जोडी मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र प्रदीप नेपालले कृति लोकार्पण गरे।
लोकार्पणपछि मन्तव्य राख्दै अभिनेता श्रेष्ठले राजनीतिमा स्थायी परिवर्तन नदेखिएसम्म हास्यव्यङ्ग्य विधामार्फत निरन्तर दबाव दिइरहनुपर्ने बताए। यस्तै, आचार्यले परिवर्तनको सम्बाहकभित्र हास्यव्यङ्ग्य पनि पर्ने भन्दै ‘नमोनम:’ले पनि समाजमा सकारात्मक परिवर्तन ल्याउनमा भूमिका खेल्ने विश्वास व्यक्त गरे।
शारीरिक रुपमा अशक्त रहेर एक हातका दुई औंलाको भरमा लेख्ने लेखक थापाको ‘नमोनम:’ दोस्रो कृति हो। यसअघि उनले ‘अल्पविराम’ निबन्धसंग्रह प्रकाशन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।