काठमाडौं– अफगानिस्तानलाई हराउँदै वेस्ट इन्डिजले आफ्नो विश्वकपको यात्रा समाप्त गरेको छ। आईसिसी विश्वकप क्रिकेट अन्तर्गत बिहीबार राति भएको खेलमा वेस्ट इन्डिजले अफगानिस्तानलाई २३ रनले पराजित गरेको हो।
टस जितेर पहिलो व्याटिङ रोजेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ३१२ रन बनाएको थियो। एलविन लुइस ५८, साई होप ७७ र निकोलस पुरनको ५८ रनको योगदानले वेस्ट इन्डिजले ६ विकेटको क्षतिमा ३११ रनको योगफल तयार गरेको हो।
२१४ रनको लक्ष्य लिएर मैदान उत्रिएको अफगानिस्तानले भने ५० ओभरमा २८८ रन मात्र बनाउन सक्यो। अफगानिस्तानका तर्फबाट सबैभन्दा बढी इकराम अली खिलले ८६ रन बनाएका थिए। उनले ९३ बलमा यो स्कोर तयार गरेका थिए।
वेस्ट इन्जिडका ब्रेथवेट चम्केपछि अफगानिस्तानका अन्य व्याट्सम्यान धेरै समय टिक्न सकेनन्। ब्रेथवेटले अफगानिस्तानको चार विकेट हात पारेका थिए।
यो खेल अफगानिस्तान र वेस्ट इन्डिजकै अन्तिम थियो। यो खेलअघि नै दुवै टिम विश्वकपबाट बाहिरिइसकेका थिए।
अन्तिम खेलमा पराजित भएसँगै अफगानिस्तानले सन् २०१९ को आईसिसी विश्वकपमा एक खेल पनि जित्न सकेन भने वेस्ट इन्डिजले दुई खेलमा मात्र विजयी हासिल गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।