काठमाडौं– राखेप च्याम्पियनसिप अन्तर्गत भइरहेको राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सुदुरपश्चिमाञ्चल र नेपाल पुलिस क्लब सुपर लिगमा प्रवेश गरेका छन्।
समूह 'ए'अन्तर्गतको खेलमा नेपाल सुदुरपश्चिमाञ्चलले माध्यमाञ्चललाई १–० ले हरायो। सुदुरको जितमा किरण चौधरीले सातौं मिनेटमा गरेको गोल निर्णायक बन्यो।
पुलिसले पूर्वाञ्चललाई ५–० गोलले हरायो। पुलिसका लागि निर्मला विकले ह्याट्रिक गरिन्। र्नले खेलको ४, १५ र ४२ मिनेटमा गोल गरिन्। निरु थापाले ७७ र ९० मिनेटमा गोल गरे।
समूह 'ए' मा पुलिसले ३ खेलमा ९ अंक जोड्दा २ खेलमा विजयी सुदुरले ६ अंक जोडंयो। मध्यमाञ्चल र पूर्वाञ्चल भने बाहिरिए।
समूह 'बी' बाट लगातार २ खेलमा जित निकालेका नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी पनि सुपर लिगमा प्रवेश गरिसकेका छन्। मध्यपश्चिम र पश्चिम भने लगातार २ खेलमा पराजित भएपछि बाहिरिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।