काठमाडौं- भूटानमा जारी मैत्रीपूर्ण टेनिस प्रतियोगिता राप्रपा अध्यक्ष कमल थापा क्वार्टर फाइनल प्रवेश गरेका छन्। उनले दार्जिलिङका देवनम लामालाई हराउँदै क्वार्टर फाइनल प्रवेश गरेका हुन्।
४५ वर्षमाथि उमेर समूहको भेट्रान्समा लामालाई ६-१ र ६-२ मा पराजित गरी थापा क्वार्टर फाइनलमा प्रवेश गरे। तर, मेन्स सिंगल्समा भारत आसामको केने सेवाङसँग भने ६-० र ६-० मा पराजित भएका छन्।
लेडिज सिङ्गल्समा नेपालकी अश्लेषा लिसानेबिचले भारत मणिपुरकी बण्टीलाई ४-६,६-३ र ७-६ मा पराजित गरिन्।
प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भूटानका ७२ खेलाडीको सहभागिता छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।